इन्द्रेणी संवाददाता
दाङ, २५ कार्तिक । मान्छे मारेको अभियोग लागेका फरार अभियुक्तलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

af२०६१ चैत्र २९ गते दाङ देउखुरी जिल्ला अदालतले ज्यान कर्तव्य ज्यान मुद्दामा पाँच वर्ष कैद सजाय सुनाएका घोराही उपमहानगरपालिका ११ का ४७ वर्षिय लिलाधर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनलाई कार्तिक २३ गतेका दिन तुलसीपुर ११ कटाहामा आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले जनाएका छन् । पक्राउ पछि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।