इन्द्रेणी संवाददाता
घोराही, ३० असार
पश्चिम दाङको पुरन्धरा ८ वगरपुुरकी विरमा कुमारी विक लाई कुटपिट गर्ने माथी कानुनी कार्वाहीको माग राख्दै नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा दाङले आपत्ति जनाएको छ ।
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष जगत दलामीले आज एक विज्ञप्ती जारी गर्दै विकको ज्यान मार्ने उद्देश्यले कुुटपिट भएकाले कुटपिट गर्ने व्यक्ति लाई कानुनी कार्वाहीको माग राख्दै आपत्ती जनाएको छ ।
विज्ञप्तीमा विकको परिवार अझै धम्क्याउदै अरु लाई मार्ने धम्की दिएका उनका परिवारहरु समेत असुरक्षित रहेको नेपाल राष्टिय दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष जगत दलामी हस्ताक्षर द्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।।