देउखुरी, ३० असार ।
दाङको लमही नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाईमा सहभागीहरुले नगरपालीका प्रति गुनासै गुनासो राखेका छन् । सहभागीहरुले नगरपालिकाले दिने सेवा सुविधा, कर्मचारीको ब्यवहारदेखि योजना वाँडफाँड र बजेट कार्यान्वयको विषयमा आफ्ना गुनासा राखेका हुन् ।lamahi

लमही निवासी पवन शर्मा रिजालले आगामी ५ र १० वर्ष भित्र नगरपालीका कस्तो वन्ने नगरपालीकाले योजना वनाएको छ की छैन् भनेर प्रश्न राख्नु भयो । पद्मा खड्काले नगरपालीकाको सेवा लिन सामान्य नेताको पछी लाग्नुपर्ने अवस्था रहेको गुनासो पोख्नु भयो । पत्रकार चुमा आचार्यले योजना फाँटका कर्मचारीले अनावश्यक दुःख दिने गरेको गुनासो गर्नु भयो ।

नागरिक समाज देउखुरीका संयोजक निमबहादुर थापाले एक वर्ष भरी नगरपालीकाको वोर्डमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरु वर्षको अन्तिममा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नहुनको कारण खोज्नु भयो । जनताको गुनासो पछी जवाफ दिदै कार्यकारी अधिकृत ललीत कुमार थापाले जनताहरुलाई सेवा प्रदान गर्न नगरपालीकाले भुमिका खेलीरहेको र गुनासाहरुको सम्वोधन हुनेगरी आगामी दिनहरुमा काम गरिने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

जनउत्थान समाज विकास केन्द्रले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । पुष्पराज अधिकारीको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण मोहन केसीले गर्नु भएको थियो ।।