इन्द्रेणी संवाददाता
बाँके, २३ कार्तिक । रोल्पाका एक जना कोरोना संक्रमित पुरूषको उपचारको क्रममा नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको छ ।

koronaलिवाङ नगरपालिका वडा नं. ४ का ५६ वर्षीय पुरूषको शनिबार मध्यराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

कार्तिक १४ गते ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि कार्तिक १६ गते उनलाई भेरी अस्पतालको कोभिड कक्षमा भर्ना गरिएको थियो । भेरी अस्पतालमा अक्सिजन सपोर्ट दिएर उनलाई उपचार थालिए पनि शनिबार मध्यराति उनको मृत्यु भएको हो ।