बुटवल, २३ कार्तिक । निजी विद्यालय सञ्चालकहरुको संगठन प्याब्सन रूपन्देहीले कोरोना जोखिमका कारण लामो समय बन्द रहेका रुपन्देहीका निजी विद्यालयहरू तिहार लगत्तै भौतिक रुपमै सञ्चालन गर्ने निर्णय गरेको छ ।

schoolलामो समयको बन्दाबन्दीले विद्यार्थीको सिकाइ प्रक्रिया अवरूद्ध भएकाले सुरक्षित तरिकाले भौतिक रूपमै पठनपाठन गराउने तयारी भएको प्याप्सनले जनाएको छ । बुटवलमा आयोजित प्याब्सन जिल्ला भेलाले त्यसको आवश्यक तयारीमा रहन संगठन माताहतका विद्यालय,शिक्षक,अभिभावक र विद्यार्थीलाई आग्रह गरेको छ ।

अध्यक्ष लेखनाथ पौडेलले तिहारलगत्तै विद्यालय सञ्चालन गर्ने वातावरण मिलाइदिन सम्पूर्ण पालिकाहरू र सम्बन्धित सबैलाई लिखित अनुरोध गर्ने बताएका छन् । रूपन्देही जिल्लामा प्याब्सन आबद्ध २ सय ४० निजी विद्यालय छन् ।