इन्द्रेणी संवाददाता
दाङ, २३ कार्तिक । दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित राप्ती भेट फर्माले किसानहरुलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ । फर्माले विशेष गरी कुखुरा व्यवसायी किसानहरुका लागि चल्ला बुरडिङ व्यवस्थापन तथा परामर्श सेवा र खोर व्यवस्थापन जस्ता सेवालाई निःशुल्क प्रदान गर्दै आएको छ ।

rapti vet- ananda chaudharyनेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गरेर ल्याएको सेवा अब सधैंभरी निःशुल्क गरिएको फर्मा सञ्चालक आनन्दकुमार चौधरीले बताए । ‘फर्माले दिने सेवा त छदैछ किसानहरुलाई उनीहरुले व्यवसाय सञ्चालन गर्दा आवश्यक कही सिपमुलक सेवा पनि निःशुल्क प्रदान गर्दै आएको छ’, उनले भने ।

उनका अनुसार कुखुरा पोष्टमार्टम जाँच, सुइमार्फत सबै भ्याक्सिनहरु, पोल्ट्री व्यवसायका लागि विशेषज्ञ सेवा तथा दाना चल्लाका लागि आवश्यक परामर्श सेवा निःशुल्क प्रदान गरिदैआएको छ । साथै पोल्ट्री व्यवसायका लागि आवश्यक परामर्श र फिल्ड भिजिटलगायत चुच्चो डाम्ने र काट्ने सेवाहरु पनि प्रदान गरिदै आएको छ ।

afafफर्माले व्यवसायिक सेवाअन्तर्गत गुणस्तरीय र चौविसै घण्टा कोल्ड चाइना मेन्सन भएको भ्याक्सिनहरु, पोल्ट्री एवं पशुजन्य औषधिहरु सुपथ मूल्यमा किसानहरुलाई प्रदान गर्दै आएको पनि चौधरीले बताए । आवश्यक परामर्शका सेवाहरु निःशुल्क पाउने भएपछि किसानहरु आकर्षण बढेको पनि सञ्चालकको भनाइ छ ।