तिर्थराज ज्ञवाली
देउखुरी, २७ असोज । दाङको भालुवाङ क्षेत्रको भुकम्पिय जोखिम मापन गरिएको छ । लुम्विनी प्रदेशको राजधानीको ब्यवस्थापनको लागि विभिन्न अध्ययन अनुगमनसंँगै त्रिभुवन विश्वविद्यालय भुगर्वशास्त्र केन्द्रिय विभागद्धारा राप्ती गाउँपालिका क्षेत्र, शितगंगाको वडा नं ८ र ९ साथै गढवाको वडा नं १ रङसिङ क्षेत्रको भुकम्पिय जोखिम मापन गरिएको हो ।
भुगर्भशास्त्री डा. सुमन पन्थी, डाक्टर सुवेश घिमिरे र डाक्टर कमलाकान्त आचार्यको टोलिले ईलेक्ट्रीकल रेजिस्टीभीटी सर्भेको माभ्यमवाट दुई दिन लगाएर यस क्षेत्रको भौगोलोक अवस्थाको अध्यन तथा विभिन्न खाले कम्पन्नको सहनशिलताका वारेमा अध्ययन गरिएकोे हो ।
भालुवाङ क्षेत्र आसपासमा म्यान्टलको माथिल्लो सतहको अवस्था, म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्टहरु पैदाहुने तरगंको कारण र अवस्थाका वारेमा अध्यन गरिएको टोलिका भुगर्वशास्त्री सुवेश घिमिरेले जानकारी दिए ।
घिमिरेले विगतको अवस्थालाई अध्यन गर्दा कुमाउ देखी पोखरा लमजुङ सम्मको क्षेत्रमा ठुलो भुकम्पीय धक्काको महसुस नगरिएको अवस्थामा यस क्षेत्रको भौतिक संरचना निर्माणमा प्रयोग गर्न सकिने विधि पक्ता लगाउन अनुसन्धान गरिएको बताए।
राप्ती तटिय जमिनको अवस्था र तराई, मधेष, पहाड, हिमालको भौगोलिक अवस्था तथा तल्लो भागमा रहेको जमिनको अवस्था फरक रहने हुदा राप्ती गउँपालिका क्षेत्र, शितगंगाको वडा नं ८ र ९ साथै गढवाको वडा नं १ रङसिङ क्षेत्रको भुकम्पिय जोखिम मापन पश्चात विश्वविद्यालयले सरोकार वालाहरुलाई जानकारी प्रवाह गर्ने तथा भौतिक संरचना निर्माणको क्रममा सल्लाह सुझाव प्रदान गर्ने भुगर्भशास्त्रि डा. सुमन पन्थीले जानकारी दिए ।











