इन्द्रेणी संवाददाता
दाङ, २६ असोज । दाङ प्रहरीले सर्वाेच्च अदालतबाट ज्यान मार्ने अभियागमा दश वर्ष फैसला गरेका अभियुक्त पक्राउ गरेको छ ।

pppतुलसीपुर ११ कटाहा बस्ने ५१ वर्षका टेकबहादुर खत्रीलाई रोल्पा सिमेन्ट उद्योगमा तुकिछिपी काम गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई सर्वाेच्चले २०६१ चैत्र २९ गते ज्यान कर्तव्य जयन कसुरमा दश वर्ष कैद फैसला सुनाएको थियो । खत्रीलाई पक्राउ गरी दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।