सुर्खेत, २६ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजङ्ग शाहलाई पदमुक्त गरेका छन् ।
शाहलाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री शाहीले सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् । शाहको काम कारबाही उचित नभएको भन्दै मुख्यमन्त्री शाहीले पदमुक्त गरेको जानकारी दिए ।
मुख्यमन्त्री शाहीले प्रदेश सभा दलको विधान धारा ७ अनुसार पदमुक्त गरिएको र अहिलेसम्म गरेको कामका लागि शाहलाई धन्यवाद दिएका छन् । आइतबार सत्ता पक्षकै सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णालीमा विवाद चुुलिँदै गएको छ ।











