इन्द्रेणी संवाददाता
काठमाडौं, २६ असोज । नेपालमा सोमवार थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

koronanaयोसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मर्नेको संख्या ६४५ पुगेको छ ।

हाल क्वारेन्टाइनमा ४ हजार ८३१ जना रहेका छन् । सोमवार १ हजार ४७३ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।’