तिर्थराज ज्ञवाली
देउखुरी, १४ असोज । विद्यालय सञ्चालनमा आएपछि राप्ती गाउँपालिका शिक्षा शाखाले अनुगमन समेत सुरु गरेको छ । बिद्यालय सञ्चालनमा आएपछि विद्यालयले स्वास्थ्य मापडण्ड पालना गरे नगरेको बारेमा अनुगमन गरिएको हो ।

IMG_4807कोभिड १९ को जोखीम कम र सचेतना बढ्दै गएको समयमा सरकारले लगडाउन खुकुलो पारेसंगै राप्ती गाउँपालिकामा विद्यालयहरु गत असोज ११ गते बाट खुल्न सुरु गरेका छन् ।

विद्यालयको पछिल्लो अवस्था, सामाजिक दुरी कायम भए नभएको, साबुन पानीको ब्यबस्थापन र मास्कको प्रयोग लाई बढावा दिन गाउँपालिकाले अनुगमनमा तिब्रता ल्याएको हो ।

विद्यार्थी सिकाइ सहजीकरण को रुपमा अध्यापन सुरु गर्ने अभियान अन्तरगत राप्तीका संस्थागत तथा सामुदायिक विद्यालयहरुले विद्यार्थी चाप नपर्ने गरी दुई वा तीन चरणमा अध्यापन गरिरहेका छन् ।

अनुगमनमा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी ले गाउँपालिकाको विद्यार्थी सिकाइ सहजीकरणको उदेश्य र स्वास्थ्य मापडण्डको वारेमा स्वास्थ्य शाखा संयोजक नारायण राउतले विद्यार्थी तथा शिक्षकलाई जानकारी गराउनु भएको छ ।

गाउँपालिकाको गत कार्यपालिका बैठकले दिएको सुझाव तथा निर्देशन अनुसार विद्यार्थी सिकाइ सहजीकरण २०७७ अनुसार विद्यालयको अनुगमन तथा समस्या समाधानका उपाए सहित सल्लाह सुझाव समेत प्रदान गर्दै आईरहेको शिक्षा शाखा अधिकृत बासुदेव खनालले जानकारी दिए ।