इन्द्रेणी संवाददाता

काठमाडौं, १४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेब गौतमको राष्ट्रियसभामा गरिएको नियुक्ति विरुद्ध म्द्दालाई सर्वाेच्च अदालतले ‘हेर्दाहेर्दै’ मा राखेको छ ।

bamdeb gautamरिटमा आज सर्वोच्च अदालको संवैधानिक इजलासमा भएको सुनुवाइमा सो मुद्दा हेर्दा हेर्दैमा राखिएको हो । उक्त रिटमा अर्को सुनुवाइ शुक्रबार हुनेछ । आजको सुनुवाइमा महान्यायाधिवक्ता र निवेदकका तर्फबाट वहस भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता देबेन्द्र ढकालले बताए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय बदर गर्न, उनलाई मन्त्री बनाउनबाट रोक्न र राष्ट्रिय सभामा गरिने नियुक्तिको मापदण्ड बनाउने आदेश दिन माग गर्दै रिट दिएका थिए।