इन्द्रेणी संवाददाता
काठमाडौं, १४ असोज । सरकारले कोरोना पीसीआर परीक्षणको शूल्क प्रतिस्वावको दुई हजार मात्रै निर्धारण गरेको छ । तर काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा पीसीआर परीक्षणको शूल्क सरकारकाले तोको भन्दा चर्काे लिने गरेको पाइन्छ ।
यसैक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा आठ ओटा प्रयोगशालाले मन्त्रालयले तोकेको भन्दा बढी शूल्क लिएको जनाएको छ । ती प्रयोगशालाहरुले तत्काल पीसीआर परीक्षणको शूल्क नघटाए परीक्षण स्वीकृती नै खारेज गर्ने मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले चेतावनी दिएका छन् ।
कोभिड १९ को नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शूल्क तोकिसकेकाले त्योभन्दा बढी शूल्क लिन नपाइने बताए । उनले शूल्क बढी लिने आठ ओटा प्रयोगशालालाई २४ घण्टाभित्र शुल्क घटाउन निर्देशन समेत दिएको बताए ।











