इन्द्रेणी संवाददाता
काठमाडौं, १४ असोज । वितेको २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा ९०२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६९७ जना, ललितपुर जिल्लामा ११२ जना र भक्तपुर जिल्लामा ९३ जनालाई कोरोना पुष्टि भएको हो । पछिल्लो समयमा काठमाडौं उपत्यका कोरोनाको हट स्पट बन्दै गएको छ ।











