दाङ, २९ असार
घोराही नगरपालिका ८ का स्थानियहरुले सडक र खानेपानीको समस्या भोग्दै
आएको बताएका छन । घोराही नगरपालिकाले चालु आर्थिक वर्षको अन्तिम
चौमासिक अन्र्तगत बनगाउँ माविमा गरेको सार्वजनिक कार्यक्रममा स्थानियहरुले
खानेपानी र सडकको समस्या भोग्दै आएको बताएका हुन ।ghorahi nagarpalika

कार्यक्रममा स्थानियहरुले खानेपानीका आयोजनाहरु प्रभाबकारी रुपले सञ्चालन हुन
नसक्दा वडाबासीहरु खानेपानीबाट बन्चित हुनु परेको उनिहरुको भनाई छ । वडाका
ठाउँ ठाउँमा सडकहरु मर्मत तथा स्तरोन्नती हुन नसकेको, नयाँ सडकहरु निर्माण
हुन नसकेको उनिहरुले बताएका छन ।

कार्यक्रममा स्थानियहरु दयाजी रोका,
मोतिलाल श्रेष्ठ, एकराज भण्डारी, केशब गिरी, पुर्णबहादुर परियार, गायत्री
रोका लगाएतले बृक्षरोपण भए पनि त्यसको सरक्षण हुन नसकेको, मैदान, बाल
उद्यान निर्माणका लागि आबस्यक बजेट विनियोजन गर्नुपर्ने, सडक निर्माणका लागि
ढुंगाजन्य बस्तु, ज्यालाको दररेटमा भएको फरकले काम गर्न समस्या भएको,
ड्याम निर्माणका लागि योजना अगाडी सार्नु पर्ने, युवा तथा महिला र
बालबालिकाहरुको बजेट सही रुपले कार्यान्वयन गर्नपर्ने लगाएतका विषयहरु उठान
गर्नुभएको थियो ।

कार्यक्रममा घोराही नगरपालिकाका कार्यकारी अधिकृत तुफानसिंह केसीले वडामा
ड्याम निर्माण गर्ने, वडाका विभिन्न स्थानमा सडक निर्माणका लागि आबस्यक पर्ने
ह्युम पाईप, तारजारी तथा गिट्टीका लागि टोलको बैठकबाट निर्णय गरी लिखित
रुपमा आफूलाई जानकारी गराउन आग्रह गर्नुभएको थियो । यस्तै ईन्जिनिएर
रामधन श्रेष्ठले वडामा बाल उद्यानका लागि काम अगाडी बढेको भन्दै केहि भौतिक
संरचना निर्माणका काम भैरहेको बताउनुभयो ।

नगरपालिकाले हरित नगर अभियान अन्र्तगत विरुवा रोप्ने कार्यलाई तिव्रता दिएको
भन्दै बताउदै उहाले ति विरुवाको सरक्षणको लागि स्थानियहरुले चासो र चिन्ता
राख्नुपर्ने बताउनुभयो । अहिले नगरपालिकामा फलफूलका विरुवाहरु रोप्ने काम
भएको जानकारी दिदै यो वर्ष ७ सय ५० लिचिका विरुवाहरु रोपिएको
बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका सुचना अधिकृत प्रेम केसीले कार्यक्रमको
बारेमा जानकारी दिनुभएको थियो भने सार्वजनिक सुनुवाईको सहजीकरण
बागेश्वरी असल शासन क्लब ९बास० दाङका अध्यक्ष नवीन अभिलाषीले गर्नुभएको
थियो ।