पाँचथर, २९ असार
पाँचथरमा गरिबि निवारण कार्यक्रम प्रभावहीन भएको सरोकारवालाहरुले बताएका छन् । आज फिदिममा सम्पन्न कार्यक्रमको वार्षिक समिक्षा गोष्ठीका सहभागिले कार्यक्रमको प्रभावकारिताको विषयमा प्रश्न उठाएका हुन् ।garibi

सरोकारवालाहरुले कार्यक्रमको ८० प्रतिशतभन्दा बढी पैशा पशुपालनमा लगानि भएको देखाइए पनि त्यस अनुसारको प्रतिफल भने नदेखिएको बताउनु भयो ।

त्यस्तै कार्यक्रम सञ्चालनको क्रममा वास्तविक गरिबहरु छुट्न गएको र सम्बन्धित निकायहरुसँग पर्याप्त समन्वय नभएको भन्दै करोडौं रुपैंयाँ लगानि भए पनि त्यसले आशातित् उपलब्धि दिन नसकेको भनि आलोचना भएको छ ।।