नारायणपुर, २९ असार
नेपाल सरकारको सहयोगमा नारायणपुरमा लागु हुन थालेको खानेपानी सहलगानी आयोजना लागु हुने भएको छ । सहलगानी खानेपानी आयोजना निर्माणको जिम्मा चन्द्र एण्ड बसन्त कन्ट्रक्सन प्रा.ली जाउलाखेल ललीतपुरले लिएको छ । निर्माण सम्वन्धमा कम्पनीसँग आज वुधवार सम्झौता भएको छ ।जसमा जिल्ला खानेपानी डिभिजन कार्यालय, नारायणपुर खानेपाली र निर्माण कम्पनीबीच सम्झौता भएको हो ।
सम्झौता पत्रमा खानेपानी डिभिजनका प्रमुख जगन्नाथ पूर्वे, ईञ्जीनियर महेश शर्मा, नारायणपुर खानेपानीका अध्यक्ष कुलबहादुर रजौरे (श्रवण) र निर्माण कम्पनीका तपराज पाठकले हस्ताक्षर गर्नुभएको छ ।
कुल १५ करोड १४ लाख १९ हजार २ सय ३२ रुपैया ६१ पैसा बजेट रहेकोमा पहिलो चरणमा ७ करोड ४५ लाख ५७ हजार ३ सय ८८ रुपैया ६५ पैसाको काम गर्नकालागी निर्माण कम्पनीलाई ठेक्का दिईएको खानेपानी नारायणपुरका अध्यक्ष रजौरेले जानकारी दिनुभयो ।
नारायणपुर क्षेत्रमा खानेपानी व्यवस्थित बनाउनकालागी सक्रीय रुपमा लागीपरेको नारायणपुर खानेपानी समितिले पछिल्लो समयमा विभिन्न ठुला खानेपानी योजना सञ्चालन गरेको छ । विकसित रुपमा अगाडी बढिरहेको यस क्षेत्रमा आगामी दिनकालागी खानेपानी समस्या नहोस् भनेर अहिले देखी नै खानेपानी योजना सञ्चालन गरिएको समितिका अध्यक्ष धरम बस्नेतले जानकारी दिनुभयो ।।