त्रिपुर, २९ असार
पद्मप्रसाद शर्मा
वर्तमान अवस्थमा प्राथमिक कक्षामा पढाइको स्तर न्यून हुँदै गएको देखिन आएकाले नेपाल सरकारले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (राप्राकपका )कार्यान्वयन गर्ने सन्दर्भ नेपालका विभिन्न जिल्लामा अभिमुखी करण कार्यक्रमको आयोजना गरेको छ सोहि सन्दर्भमा असार २९गते नारायणपुर र मानपुर स्रोतकेन्द्रको संयुक्त अन्तरक्रिया कार्यक्रम नारायणपुर स्रोतकेन्द्रको उ.मा.वि. नारायणपुरमा सम्पन्न भएको छ ।feature

राप्राकपका दाङ जिल्ला फोकल पर्सन एव जिल्ला शिक्षा कार्यालय दाङका शाखा अधिकृत देवमणि चौधरीको अध्यक्षता एनइजीआरपीका क्षेत्रिय प्रतिनिधि राजेश शोनीको प्रमुख अतिथ्यता एवं राप्राकपकाका जिल्ला कोर्डिनेटर हल्लुराम चौधरीको विशिष्ठ आतिथ्यतामा सञ्चालित अन्तरक्रिया कार्यक्रममा असाग १३ र १४ गते नारायणपुर र मानपुर स्रोतकेन्द्रका प्रधानाध्यापक तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुको लागि नारायणपुर स्रोतकेन्द्रमा सञ्चालन भएको दुईदिने राप्राकपका अभिमुखी करण कार्यक्रमको समीक्षा गर्नुका साथै राप्राकपकालाई आगामी दिनमा करी प्रभावकारी बनाउने भन्ने विषमा ब्यापक छलफल भएको थियो ।

अन्तत्र्रिmया कार्यक्रममा नारायणपुर स्रोतकेन्द्रका स्रोतब्यक्ति हुम बहादुरके.सी ,उ.मा.वि. नारायणपुरका प्र.अ.टोपबहादुर के.सी.दिपेन्द्र मा.वि.का प्र.अ.गिरिराज लम्साल,बालकल्याण नि.मा.वि खैराका प्र.अ. पद्मप्रसाद शर्मा , जनकल्याण मा.वि.दुधरासका वि.ब्य.स. अध्यक्ष देवराज विश्वकर्मा , उ.मा.वि. नारायणपुरका जग्गु प्रसाद चौधरी , प्रावि वर्लेनीका अध्यक्ष शंकर गौतम ,प्रा.वि. बुधौराका विब्य.स.अध्यक्ष गुरुप्रुसाद चौधरी लगायतकाले मन्तब्य राख्नु भएको थियो ।

राप्राकपका जिल्ला कोर्डिनेटर हल्लुराम चौधरीको स्वागत मन्तब्याट आरम्भ भएको अन्तरक्रिया कार्यक्रमको सहजीकण मानपुर स्रोतकेन्द्रका स्रोतब्यक्ति मुकुन्द रिजालले गर्नु भएको थियो ।।