इन्द्रेणी संवाददाता
दाङ, २९ असार
नवलपरासीको बर्दघाट ४ बासखोलामा ट्रक आफै अनियन्त्रित हुदा दाङका एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ६ ख ६२१ नम्बरको ट्रक आफै अनियन्त्रित भई विपरित दिशाको भित्तामा ठक्कर खाई नाला खस्दा ट्रक चालक जिल्ला दाङको विजौरी बस्ने बर्ष २६ का भोला थापाको मृत्यु भएको हो ।acc

थापालाई स्थानिय अस्पतालमा लैजादा अस्पतालले मृत घोषणा गरेको छ । दुर्घटनामा परेको ट्रक प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।।