जीवन डाँगी
रोल्पा, २९ असार
रोल्पामा १ सय ९१ जना लघु उद्यमी सिर्जना गरिएको छ । उद्योग मन्त्रालयद्वारा सञ्चालित गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडेप) र घरेलु तथा साना उद्योग बिकास समिति रोल्पा मार्फत जिल्लामा सो संख्यामा उद्यमी सिर्जना गरिएकोे हो ।udhammi

बिकास सरोकार समाज (डिकोस) रोल्पा को सहजिकरणमा जिल्लाका जेदबाङ, करेटी, जौलिपोखरी, मषिना, बुढागाउँ, नुवागाउँ, बडाचौर, सिउरी गाविसमा लघु उद्यमी सिर्जना गरिएको कार्यक्रम संयोजक लिलाराम ताम्राकारले बताउनु भयो ।

बेरोजगार युवा युवतीलाई उद्यमशिलता विकास तालिम सञ्चालन पश्चात उनीहरुले छनोट गरेको व्यवसायको आधारमा व्यवसाय गर्न इच्छा तथा बजार भएको विषयमा प्राविधिक सिप विकास तालिम प्रदान गरिएको बताए ।।