जुम्ला, २९ असार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको भवन निर्माणमा काम गर्ने एक जना कामदारको मृत्यु भएको छ । कैलाली जिल्ला भजनी त्रिशक्ति नगरपालिका १ बस्ने २१ वर्षका अनिलकुमार डगौराको मृत्यु भएको हो ।
लिफ्टबाट सामान छतमा ओसार्ने क्रममा चिप्लेर १४ मिटर तल खस्दा टाउकोमा चोट लागेको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । हिजो विहान आठ बजेतिर ३ तल्ला माथि सामान ओसार्ने क्रममा लिफ्टबाट चिप्लीदा मृतक डगौराको टाउँकोमा गम्भिर चोट लागेको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक प्रेम प्रसाद रेग्मीले जानकारी दिनुभयो । मृतकका आफन्त मौसम खराबीका कारण जुम्ला नआएकाले शवको पोष्टमार्टम हुन नसकेको उहाँले जानकारी दिनुभयो ।