काठमाडौं ,२९ असार । माओवादीले सरकार छाडेर नयाँ समीकरण तयार गर्न लागिरहेका बेला ओली सरकारका उपप्रधानमन्त्री कमल थापाले भने यहि सरकारलाई अन्तिम समय सम्म पनि साथ दिइरहने निर्णय गरेका छन् ।
ओलीले राजिनामा, बिश्वासको मत र अविश्वासको प्रस्ताव फेस गर्ने मध्ये जुनसुकै निर्णय गरेपनि आफूहरु उनकै समर्थनमा रहने राप्रपा नेपालको निर्णय छ ।
बुधबार दिउँसो सिंहदरबारमा बसेको पदाधिकारी, कार्यसम्पादन र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले ओली सरकार राष्ट्रवादीको सरकार भएको दाबी गर्दै आफूहरुको समर्थन अन्तिम समयसम्म राष्ट्रवादीलाई नै रहने बताए ।