धरान, १२ असोज। धरानमा आज एक जना कोरोना संक्रमित महिलाका ज्यान गएको छ । त्यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रममा ती महिलाको ज्यान गएको हो ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार असोज ११ गते राति करिब साढे ११ बजे आकस्मिक कक्षमा पुर्याइएको थियो । तत्कालै प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ पुष्टि भएको थियो ।











