इन्द्रेणी संवाददाता
प्यूठान, १२ असोज। प्यूठानमा बाटो खन्दाखन्दै पहिरोमा परेर एक जना डोजर चालकको ज्यान गएको छ ।

landslideसोमबार बिहान पौने ११ बजेतिर मदन भण्डारी लोकमार्ग अन्तरगत माण्डवी गाउँपालीका वडा नं. १ डामृखोला नजिकै बाटो खनिरहेको वेला आएको पहिरोमा परी बा २ क ६९३९ नम्बरको डोजर पुरिएको हो ।

पहिरोले डोजरसँगै पुरिएका चालक नरसिंह बुढामगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी सुनिल मल्लले जानकारी दिएका छन् ।

माथिबाट पहिरो आएपछि ज्यान बचाउन हामफालेका थिए तर उनको ज्यान बच्न सकेन । जोडर चालक नरसिंह अर्घाखाँचीको सितगंगा नगरपालिका ८ लापेका हुन् ।