इन्द्रेणी संवाददाता
काठमाडौं, १२ असोज । नेपालमा आज सोमवार थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
वितेको २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मर्नेको संख्या ४८१ पुगेको छ ।
आज मात्रै ७४२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
यससँगै निको भएकाको संख्या ५४ हजार ६४० पुगेको छ । कोरोना सङ्क्रमणमुक्त हुने दर ७३ दशमलव ४४ प्रतिशत पुगेको छ । हाल आइसोलेसनमा र सकृय सङ्क्रमित १९ हजार ६२४ पुगेको छ । क्वारेन्टिनमा ६ हजार ३१० जना छन् ।











