इन्द्रेणी संवाददाता
काठमाडौं, ७ असोज । यस वर्षको मनसुन थप लम्बिएसँगै केही दिन पानी पर्ने भएको छ ।
मनसुन सक्रिय भएसँगै यस वर्षको वर्षातको मौसम लम्बिने जानकारी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शाखाका अनुसारआउदो बुधबार अर्थात् सेप्टेम्बर २३ यस वर्षको मनसुन सकिने छ ।
अबको चार–पाँच दिन मनसुन सक्रिय हुने र तोकिएभन्दा पछिसम्म मनसुन कायम रहने मौसमविद् मिनकुमार अर्यालको भनाइ छ । असोज ५ गतेदेखि ९ गतेसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी गर्ने भएकाले सतर्कता अपनाउन समेत गृह मन्त्रालयले आग्रह गरेको छ ।











