काठमाडौं, ६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकता र एकीकरणका बाँकी काम पूरा गर्न १० दिनभित्र कार्ययोजना तयार गर्न अध्यक्षद्वय र महासचिवलाई जिम्मा दिएको छ ।

photo fine
बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टी एकताका बाँकी काम पूरा गर्न १० दिनभित्र कार्ययोजना बनाउन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेललाई जिम्मा दिने निर्णय गरेको हो ।
यस्तै सचिवालय बैठकले संवैधानिक निकायहरुमा छिटो पदपूर्ति गर्न सरकारसँग आग्रह गरेको छ । संवैधानिक परिषद्को बैठक छिट्टै राखेर संवैधानिक निकायहरुको पदपूर्ति छिटो गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।











