इन्द्रेणी संवाददाता
काठमाडौं, ६ असोज । नेपालमा आज मंगलवार थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न ४९ प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

koronanaयोसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप २ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ४२९ जनाको मृत्यु पुष्टि भएको छ ।

प्रवक्ता गौतमले हालसम्म कुल पीसीआर परीक्षण संख्या ९ लाख ३४ हजार ९७७ पुगेको बताए । उनका अनुसार विगत २४ घण्टामा ११ हजार १५४ ओटा पीसीआर परीक्षण गरिएको छ । मंगलवार मंगलवार थप ८२३ जना डिस्चार्ज भएका छन् । हालसम्म कुल डिस्चार्ज हुनेको संख्या ४६ हजार ६१ पुगेको छ ।