इन्द्रेणी संवाददाता
सल्यान, ६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कपुरकोट सल्यानको कपुरकोट गाउंपालिकामा २१ वटा टोल कमिटी गठन गरेको छ ।

119846529_1489227241273043_5824622280293005770_nपार्टीलाई थप बलियो र मजबुत बनाउनका लागि संगठन निर्माण कार्यलाइ महत्वका साथ अघि बढाइएको नेकपा कपुरकोटका अध्यक्ष घनश्याम शर्माले जानकारी दिए । उनका अनुसार कपुरकोट गाउंपालिकामा अझै १५ भन्दा बढी टोल कमिटी गठन हुने छन । सो क्रममा नेकपाको विचार र जनप्रीय कामबाट प्रभावित भएर १५० बढी व्यक्तिहरु कांग्रेश, राप्रपा लगाएतका पार्टी परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गरेको अध्यक्ष शर्माले बताए ।

संगठन निर्माणकै क्रममा सोमबार कपुरकोट २ को दानवांगमा पन्चविर बुढा अध्यक्ष र चित्रबहादुर सुनार सचिव रहेको २३ सदस्यिय टोल कमिटी गठन गरिएको नेकपा कपुरकोटले जनाएको छ । २ नम्बर वडा कमिटी अध्यक्ष शेर बहादुर पुनका अनुसार नव गठित कमिटिको सपथग्रहण कार्यक्रम पनि सम्पन्न भएको छ ।

सो अवसरमा नेकपा कर्णाली प्रदेश कमिटी सदस्य भद्रसिंह बुढाले कम्युनिष्टकै नेतृत्वमा नै देशमा समृद्धि सम्भव रहेको बताए । उनले पार्टीलाई मजबुत बनाउन सबै नेता कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले हरेक वडा तथा वस्तीसम्म विकासस पुर्याउन आफुहरु लागिपरेको बताए । आफुहरुकै पहल र जोडमा कपुरकोेट १ र २ मा सडक, खानेपानी, विद्युत जस्ता पूर्वाधारको विकास गरेको बताउदै दानवाङ क्षेत्रको खानेपानीलाई आगामी वर्ष ब्यवस्थीत गरिने बताए ।