जितेन्द्र बुढाथोकी 

रुकुमकोट,५ असोज ।  रुकुम -पूर्वमा आज थप २५ जनालाई  कोरोना भाइरसको संक्रमण भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा सिस्ने गाउँपालिकाबाट स्वाब संकलन गरिएका २५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना देखिनेहरुमा वडा अध्यक्ष सहित पत्रकार, शिक्षक, विभिन्न कार्यालयमा कार्यरत कर्मचारी र कन्ट्रयाक्ट ट्रेसीङमा परेका व्यक्तिहरु रहेको स्वास्थ्य कार्यालय रुकुम-पूर्वले जानकारी दिएको छ ।

कार्यालयमा कोरोना रोग फोकल पर्सन निमप्रसाद गिरीले दिएको जानकारी अुनसार कोरोना पोजेटिभ देखिनेमा सिस्ने गाउँपालिका वडा नम्बर ६ का १२ जना, वडा नम्बर ५ का ९ जना, वडा नम्बर ३ का एक जना र वडा नम्बर ४ का ३ जनामा कोरोना देखिएको छ ।

फोकल पर्सन गिरीका अनुसार वडा नम्बर ६ का २०, ३१ र २४ वर्षका महिलामा कोरोना देखिएको छ । यस्तै ९, १७, १८ १६, ३५,४२, ३८, ३१ र ५८ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । वडा नम्बर ५ का १८, ३१, २९, २०, ३८ वर्षका पुरुषमा कोरोना देखिएको कोरोना रोग फोकल पर्सन निमप्रशाद गिरीले बताए ।
यस्तै सोही वडाकै ५०, ३५, ४६ र १३ वर्षका पुरुषमा कोरोना देखिएको छ । वडा नम्बर ३ का ५५ वर्षका पुरुष, वडा नम्बर ४ का १६, ३८ वर्षका पुरुष र १९ वर्षका महिलामा कोरोना पोजेटिभ देखिएको कोरोना रोग फोकल पर्सन गिरीको भनाइ रहेको छ ।

आइतबार मात्रै जिल्लाका १० जनामा कोरोना पोजेटिभ देखिएको थियो । आज २५ जना थपिएसँगै रुकुम-पूर्वमा कुल कोरोना संक्रमितको संख्या ७४ पुगेको छ । जसमा २५ जना निको भएर घर फर्किएका छन् भने संक्रिय संक्रमितको संख्या ४९ रहेको छ ।।