काठमाडौं, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले कसैलाई विभेद नगरेको बताएका छन् ।

kpसंविधान दिवसका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले नेपालको संविधान सबैलाई अटाउने संविधान रहेका भन्दै संविधानले विभेद गरेको पुष्टि भए औचित्य र आवश्यकताका आधारमा संसोधन गरी अगाडि बढ्न सक्ने धारणा राखे । संविधानमा रहेका आशंका वा अस्पष्टता भए त्यसलाई हटाउन सरकार प्रतिबद्ध रहेको भन्दै अब देशको विकासमा जुट्न पनि आग्रह गरे ।

उनले सञ्चारमाध्यम र बौद्धिक जगतले पनि अनावश्यक आलोचना मात्रै गरिरहेको दुखेसो पोख्दै भने, ‘नियन्त्रित र कमजोर अवस्थामा पनि अग्रगामी आन्दोलनमा योगदान पुर्याउने सञ्चारमाध्यम र बौद्धिक जगतले आज बाटो अलमलिन मिल्दैन । अझ स्पष्ट र सुदृढ योगदानको अपेक्षा नेपाली जनताले गरेको मैले पाएको छु ।’