तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले संविधान दिवसका अवसरमा दिप प्रज्ज्वलन गरेको छ । उपमहानगरपालिकाको प्रांगणमा दिप प्रज्ज्वलन गरेर छैटौ संविधान दिवस मनाइएको हो ।

119964442_337567947587596_4553248906335806556_n (1)कार्यक्रममा नगरप्रवक्ता सुर्यवहादुर डाँगीले संविधानको मर्म अनुसार गाउँ गाउँमा सिंहदरवार आएको वताउँदै जनताको जीवनस्तर सहज वन्दै गएको वताएका थिए । उनले संविधान दिवस सबैको दिवस भएको भन्दै नेपाली जनताको लामो समयदेखिको त्याग र तपस्याबाट सम्भव वताए ।

कार्यक्रममा वडा नम्वर ६ का अध्यक्ष नवराज लामिछानेले सबै वर्ग र समुदायको आवाजलाई संविधानले समेटेको वताएका थिए ।