इन्द्रेणी संवाददाता
काठमाडौं, ३ असोज । नेपालमा आज शनिवार थप १ हजार २०४ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनियमित पत्रकार सम्मेलनमार्फत वितेको २४ घण्टामा थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ४१० जनाको मृत्यु पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार ९ हजार १५३ संस्थागत आइसोलेशनमा रहेका छन् । यसैगरी होम आइसोलेशनमा ७ हजार ९७६ रहेका छन् । हालसम्म ४५ हजार २६७ जना डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा १ हजार ४४७ जना डिस्चार्ज भएका छन् ।











