इन्द्रेणी संवादाता
दाङ, ३ असोज । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले मुलुक संघीय प्रणालीमा गइसकेकाले पूराना कानुनहरु संशोधन गर्दै जानुपर्ने बताए । पुराना कानुनहरु अहिले नयाँ संरचना अनुसार उपयुक्त नभएको भन्दै संशोधन गर्नु विकल्प नभएको उनको धारणा थियो ।

119516822_3281454751936578_7352299306053525455_nरोटरी क्लब अफ तुलसीपुर सिटीले आज तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रजिअ रिजालले जनताको चाहाना र अपेक्षा अनुसार स्थानीय प्रशासनले सहजिकरणको भूमिका खेल्नुपर्ने समेत बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रजिअ रिजालले जिल्लामा सुशासन कायम गर्न सबैले सहयोग गर्नुपर्ने बताए ।

रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालको जीवनी र उनको व्यक्तित्वको बारेमा पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले प्रकाश पारेका थिए ।

क्लबका प्रस्तावित अध्यक्ष यज्ञबहादुर केसीले स्वागत गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष देवबहादुर केसी, शिव श्रेष्ठ पूर्वअध्यक्ष कुशल तर्ताल, अनुप कुमार श्रेष्ठ, बिमल रिजाल, ललित बहादुर घर्तीलगायतको सहभागीता थियो ।