इन्द्रेणी संवाददाता 

काठमाण्डौ, २९ असार । नयाँ शक्ति नेपाल दाङ–काठमाण्डौ सम्पर्क संयन्त्रले दाङलाई प्रादेशिक राजधानी वनाउन माग गरेको छ । संयन्त्रले दाङ दक्षिण एसियाको ठुलो उपत्यका, जनघनत्व, प्राकृतिक श्रोत साधन, आर्थिक विकासका लागी सम्भावना वोकेको जिल्ला भएको भन्दै प्रादेशिक राजधानी वनाउन माग गरेको हो ।

13695132_1843776595868603_276466584_n

साथै उद्योग धन्दा र कलकारखानाको लागि पर्याप्त कच्चा पदार्थको सम्भावना भएको, पर्यटकीय दृष्टिले पनि अगाडी र सक्षम युवाशक्तिको पहुँच भएकोले दाङलाइ प्रादेशिक राजधानीका लागी दवाव र पहल गर्ने निर्णय भएको नयाँ शक्ति नेपालको दाङ काठमाण्डौ सम्पर्क संयन्त्रका संयोजक दिपक पोख्रेलले जानकारी दिनुभयो ।

हालै सम्पन्न संयन्त्रको वैठकले यस विषयमा वृहत छलफल गरी यसविषयमा दवाव अभियान थाल्ने र सरोकारवालासंग समन्वय गर्ने निर्यय गरेको उहाँले वताउनुभयो ।।