इन्द्रेणी संवाददाता
सल्यान, २९ असार
सल्यानमा यात्रु मैत्री वातावरण निर्माण गरिने भएको छ । यात्रु र यातायात व्यवसायीबीचको सम्बन्ध समधुर बनाउन यातायात कर्मचारीहरुलाई प्रशिक्षण दिएर यात्रु मैत्री वातावरण निर्माण गर्न लागिएको हो । yatru

सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानको आयोजनामा सल्यान–रुकुम यातायात व्यवसायी समितिका २९ जना कर्मचारीहरूलाई बिषयमा प्रशिक्षण दिईएको छ ।
साथै आगामी दिनहरूमा पनि यातायात कर्मचारी र ब्यवसायीहरुलाई जिल्लाका बिभिन्न ठाउँहरुमा प्रशिक्षण दिने अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिनुभयो ।।