काठमाण्डौ, २९ असार
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएपछि नयाँ गठबन्धन बनाउने सहमतिमा पुगेको नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेका छन् । दुई दलबीच बिहानैदेखि त्यसका विषयमा अनौपचारिक छलफल भइरहेको छ ।
बिहान दुई दलको आन्तरिक र सुयुक्त छलफलपछि प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने नेताहरुले बताएका छन् । प्रधानमन्त्री ओलीले राजीनामा नदिने एमालेले निर्णय गरिसकेको छ । संविधानको धारा २९८ को उपधारा १३ अनुसार एक चौथाई सभासदले अविश्वास्वसको प्रस्ताव पेस गरेर छलफल हुनेछ ।
संविधान अनुसार नै यो सरकारलाई अविश्वास प्रस्तावबाट हटाएपछि मात्रै अल्पमतमा परेको प्रमाणित गर्ने ब्यवस्था गरेको छ । अहिले व्यवस्थापिका संसदमा रहेका ३१ दलका ५ सय ९७ जना सदस्य छन् ।
माओवादीका ८२ र कांग्रेसको २ सय ७ मत गरि दुई ८९ मत पुग्छ । बहुमत पुग्न २ सय ९९ सांसद चाहिन्छ । अब जम्मा १० मत आबश्यक पर्नेछ । तर माओवादी एक नेताका अनुसार सरकार बाहिर रहेका दललाई मात्रै लिदा पनि ३ सय ४० भन्दा बढी मत पुगिसकेको छ ।।
