काठमाडौं । काठमाडौं जिल्ला अदालतले चक्रे मिलन भनिने मिलन गुरुङलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश खिमानन्द भूषालको इजलासले चक्रे मिलनसहित १९ जनालाई नै धरौटीमा छाड्न आदेश दिएको हो।
रजिस्ट्रार तीर्थराज भट्टराईका अनुसार चक्रे मिलनको हकमा ३० हजार रुपैयाँ माग भएको छ । त्यस्तै गणेशबहादुर बोगटी, डिल्लीराज कँडेल र रितिक लामालाई २० हजार धरौटीमा छाड्न आदेश भएको छ।
त्यस्तै निराजन पौडेल, रोशन सुवेदी, सन्दिप केसी, यामु पौडेल, सौरव सुनार, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, राहुल खड्का, उत्तम महर्जन, प्रनिश कट्टेल, राजु परियार, सफल भन्ने सुजल शाहीको हकमा १० हजार रुपैयाँ धरौटी माग भएको हो।
प्रहरीले उनीहरूलाई साउन १६ गते मध्यराति महाराजगन्जस्थि साम्बाला होटलबाट नियन्त्रणमा लिएको थियो। सुरूमा ४७ जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले पछि १९ जनालाई मात्रै म्याद थपेर बाँकीलाई छाडेको थियो। चक्रे मिलनसहित १९ जनाविरूद्ध गएको मंगलबार अभद्र व्यवहारको कसुरमा मुद्दा दायर भएको थियो।











