काठमाडौँ । काठमाडौं जिल्ला अदालतले चक्रे मिलनलाई ३० हजार धरौटी छाड्न आदेश दिएपनि उनी तत्काल रिहा नहुने भएका छन् । उनीसँगै धरौटी माग गरिएको अन्य प्रतिवादी धरौटी रकम बुझाएर आजै रिहा भए पनि मिलनलाई भने एक वर्ष अघिको मुद्दाको अनुसन्धानका लागि प्रहरी वृत्त ठिमी लगिने भएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधव बुढाथोकीका अनुसार पहिले नै ठिमीको एक रेस्टुरेन्टमा भएको घटनामा अदालतमा मुद्दा दर्ता भएको थियो । मनिष रायमाझीले ज्यान मार्ने उद्योगमा सर्लाहीका अजित खवाससहित योजनाकारका रुपमा २०८१ भदौ १० गते मिलनका विरुद्ध जाहेरी दर्ता गराएका थिए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको बुधबारको इजलासले मिलनसहित १९ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।