इन्द्रेणी संवाददाता
दाङ, २९ असार
दाङ पुरन्धाराकी एक महिला माथी कुटपिट भएको छ । पुरन्धारा गाविस ८ बबरपुर निवासी विरमा विकलाई सोही गाविस वडा न.२ का शुसिल शाहले कुटपिट गरी घाईते बनाएका हुन ।
शाहको कुटाईबाट हात खुट्टा, ढाड, लगायत भित्री अंगमा चोट पुगेको विकको भनाई छ । यसैविच नेकपा माओबादी केन्द्र पुरन्धारा गाउ कमिटिले घटनाको विरोध गरेको छ । गाउ कमिटिको बैठकले विज्ञप्ती जारीगर्दे दोषीलाई कारवाहीको माग गरेको छ ।
पुरन्धारा गाउ कमिटीका अध्यक्ष शुसिल खड्का र सचिव पदमबहादुर खड्का द्धारा हस्ताक्षरित विज्ञप्तीमा यस्तो दोषिलाइ कडा कारवाही गर्न माग गरिएको छ ।
साथै, विकको शिघ्र स्वास्थ्य लाभको कामना गर्दे औषधी उपचारको लागि सम्पुर्ण पार्टी सदस्यहरुलाइ आर्थिक सहयोग गर्न पनि विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।
नेकपा माओवादी केन्द्र पुरन्धारा गाउ पार्टीका सदस्य विरमा विक माथि कुटपिट गर्ने शुसिल शाह अहिले पनि फरार रहेको भन्दै कानुनी कारवाहीको माग गर्नुभएको छ । त्यसो नभए पार्टीकै पहलमा नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाउने विज्ञप्तीमा भनिएको छ ।।