दाङ, २९ असार
आज २ सय ३ औं भानुजयन्ती मनाइदै छ । आदिकवि भानुभक्त आचार्यको २ सय ३ औं जन्मजयन्तीमा आज देशभर विभिन्न कार्यक्रम गरिदैछ । भानु जयन्तीको अवसरमा नेपाल, दाजिृलिङ, सिक्किम लगायत नेपालीभाषी रहेका अधिकांश भारतीय क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रमहरु हुँदैछन् ।bhanu-bhakta-acharya

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा जन्मिएका आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गर्नुभएको थियो ।

दर्जनौ साहितयीक सामाग्री प्राशन गर्नुभएका आदिकवि भानुभक्तको नेपाली भाषा र साहित्यको क्षेत्रमा योगदान अतुलनीय रहेको छ ।।