इन्द्रेणी संवाददाता
रुकुम, २९ असार
रुकुममा खोलाले वगाँउदा एक वृद्धको ज्यान गएको छ । घेत्मा खोला तर्ने क्रममा खोलाले बगाउँदा स्थानीय बजार बाँकेज्यूलाबाट घर फर्कदै गर्दा घेत्मा ७, भल्म ज्यूलाका ७३ वर्षिय बृद्ध शशिधर थापाको मृत्यु भएको हो । images

खोलाले वगाएका थापाको शव करिब तीन सय मिटर तल खोला किनारमा भेटिएको मृतकका आफन्तले बताएका छन् ।

उक्त खोलामा पक्की पुल नहुँदा वर्षायामको समयमा खोला वारपार गर्ने क्रममा स्थानीयको ज्यान जोखिममा पर्ने गरेको छ ।।