रोल्पा, २९ असार
पुर्बी रोल्पाको सेरम ५ झंकी र जैमाकशला ३ थनबांगको बिचमा पर्ने बाछेम खोलामा पुल नहुँदा स्थानीयलाई समस्या भएको छ । त्यसक्षेत्रका सर्वसाधारण बर्षासँगै खोलामा पानीको बहाव बढेपछि खोला वारपार गर्दा जोखिम मोल्ने गरेका छन ।images

गतबर्षको बाढीले काठको पुल पनि बगाइदिएपछि झन समस्या भएको स्थानीय गजमान विष्टले वताउनुभयो । पुल नहुँदा थनबाङबाट शाखा प्राबि सेरममा अध्ययन गर्न जाने बालबालिकालाई बढी समस्या भएको छ । उनीहरु जोखिम मोलेरै भएपनि खोला वारपार गर्ने गरेका छन ।

खोलामा एक्लै पठाउन सक्ने अवस्था नभएपछि बिहान बेलुका छोराछोरीलाइ खोला वारपार गराउनुपर्ने वाध्यता रहेको छ । स्थानीय नेताहरुले पनि झोलुंगे पुल निर्माणमा पहल गर्नतर्फ चासो नदिएको गाउँलेले गुनासो गरेका छन ।।