रोल्पा, २९ असार
उच्च माध्यमिक राष्ट्रिय शिक्षा परिषदबाट रोल्पाका ३ बिद्यालयले प्लस टु को सम्बन्धन पाएका छन् । बालकल्याण माबि उपावाङ कुरेली, कृष्ण माबि घर्तिगाउँ र सुर्योदय माबि सुलिचौरले प्लस टु कक्षा संचालनका लागि सम्बन्धन प्राप्त गरेका छन् ।
यसै शैक्षिक सत्रदेखि ति बिद्यालयमा प्लस टु को पढाई संचालन गरिनेछ । कुरेलीमा शिक्षा संकाय, घर्तिगाउँमा ब्यबस्थापन र सुलिचौरमा मानबिकि संकायमा अध्यापन हुनेछ ।
यसअघि रोल्पामा ११ वटा उच्च माबि संचालनमा रहेकोमा यी सँगै १४ बिद्यालय उमाबि भएका छन् । उमाबि सन्चालनमा आउने भएपछि धेरै विद्यार्थीहरु सदरमुकाम र जिल्ला वाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने सरोकारवालाहरु वताँउछन ।।