देउखुरी, २९ असार
देउखुरीको लमहीमा निजि अस्पताल स्थापना भएको छ । आज एक कार्यक्रमको आयोजना फ्लोरेन्स अस्पतालको उद्घाटन गरिने भएको छ । देउखुरी क्षेत्रमा नागरिकहरुको स्वाथ्य र राजमार्गमा हुने सवारी दुर्घटनालाई मध्यनजर गर्दै आईसीयू सहितको फ्लोरेन्स अस्पताल प्राली सञ्चालनमा आउन थालेको हो । florence-hospital

लमही नगरपालीका ११ मा नयाँ योजनाका साथ आमा सुरक्षा कार्यक्रम वर्थीङ्ग सेन्टर सहित हर्नीया, हाईड्रोसील, एपेन्डीक्स, ल्याप्रोटोमी, पित्त थैलीको अप्रेसन सहितको सेवा प्रदान गरीने अस्पतालले जनाएको छ । अहिले देउखुरीका नागरिक सुविधा सम्पन्न अस्पतालको अभावमा सदरमुकाम र जिल्ला वाहीर जानु पर्ने बाध्यता छ ।

अप्रेसन सहित ईमरजेन्सी, ओपिडी, विरामी भर्ना सेवा प्रदान गरिने अस्पतालका प्रवन्ध निर्देशक डा. पुष्प भुुसालले जानकारी दिनुभयो । अस्पतालमा पाँच जना चिकित्सकले सेवा प्रदान गर्नेछन् ।

दुई जना काडमाडौं शिक्षण अस्पतालमा कार्यरत डा. पवन अग्रवाल, डा. सुरज पराजुली सहीत डा. देवा वली, डा. रेगनसिंह थापा, डा. पुष्प भुसालले विरामीहरुको जाँच गर्ने अस्पतालले जनाएको छ । करिब एक करोड रुपैयाँ बढीको लगानीमा खोलिएको अस्पतालमा १५ जना बिरामीलाई भर्ना गरेर सेवा दिने लक्ष्य राखेको छ ।।