गोविन्द खड्का
घोराही, २९ असार । घोराही हस्पिटल प्रालि बुधवार देखि छैठौ“ बर्षमा प्रबेश गरेको छ । लखन थापा पार्क नजिक घोराहीमा रहेको अस्पताल परीसरमा बिशेष कार्यक्रमगरी पा“चौ स्थापना दिवस मनाईएको छ ।
अस्पतालका अध्यक्ष चन्द्रज्योति बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा एक बर्षको रिपोर्ट पेश गरीएको थियो । गत साउन देखि जेठ सम्म चार हजार नौसय ८३ विरामीलाई सेवा गरेको जनाएको छ । त्यसैगरी एकहजार ८६ जनालाई ईमर्जेन्सी सेवा र तिन सय ६४ जनालाई भर्ना गरी सेवा दिएको जनाएको छ ।
त्यसैगरी सरकारी अस्पतालले दिने निशुल्क सेवा पनि अस्पतालले दिएको छ । अस्पतालमा मात्रै पाईने खोप सेवा तिन सय ३९ जनालाई दिएको छ । जसमा डिपिटी हेव ८४ जना, पोलियो ८४ जना, मलेरीया ६७ र जेई एक सय चार जानालाई दिएको अस्पतालले जानकारी दिएको थियो ।
यसैगरी अस्पतालले आधुनिक प्रविधि भित्रयाएर स्तरीय उपचार सेवा दिएको बताएको छ ।
विरामीक जा“च्न डिजिटल एक्सरे र मनिटर मेशिन राखिएको अस्पतालले जनाएको छ । त्यस संगै डा प्रकाश नेपालीको नेतृत्वमा दक्ष चिकित्सकको टोलिले नियमीत विरामीको जा“च गरेको छ । पहिलो निजि अस्पताल भएकाले सबै कुरामा व्यवस्थित गरीएको अस्पताललेले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।,
अस्पतालका प्रमुख सल्लाहकार भुवनेश्वर बुढामगर, कानुनी सल्लाहकार शिव घिमीरे, सदस्य लक्ष्मी ढकाल लगाएतले शुभकामना दिनुभएको थियो । सो कार्यक्रमको सञ्चालन प्रबन्ध निर्देशक दिर्घराज जिसीले गर्नुभएको थियो ।