इन्द्रेणी संवाददाता
बाग्लुङ, १८ भदौ । गएराति बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढीले वस्ती वगाउदा ६ जनाको ज्यान गएको छ । बाढीले वगाएका मध्ये ६ जनाको शव फेला परेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

Baglung-Badi2बस्ती वगाउदा हराएका एक दर्जनबढी मध्ये अरुको अवस्था अझै अज्ञात नै रहेको बताइएको छ । हराएकाहरुको खोजी र उद्धार कार्य भइरहेको छ । शव फेला परेपनि सनाखत भने हुन सकेको छैन । घटनास्थल सदरमुकामबाट ५ घण्टाको दूरीमा रहेकाले उद्धारका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलतर्फ गएपनि अझै पुगेको छैन ।