इन्द्रेणी संवाददाता
प्यूठान, १८ भदौ । कोरोना संक्रमणबाट प्यूठानमा थप एक जनाको ज्यान गएको छ । गौतमबुद्ध अस्पताल बुटवलमा उपचार गराइरहेका स्वर्गद्वारी नगरपालिका वडा नं. ७ का एक पुरुषको ज्यान गएको हो ।

deth-coronaबुटवलको गौतमबुद्ध अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका स्वर्गद्वारी नगरपालिका ७ का ५८ बर्षिय पुरुषको आज विहान मृत्यु भएको स्वास्थय कार्यालय प्यूठानले जनाएको छ ।

उपचारको क्रममा भदौ १६ गते ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि भदौ ५ गते स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय एक जना पुरुषको उपचारको क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको थियो ।