इन्द्रेणी संवाददाता
दाङ, १८ भदौ । दाङमा कूल कोरोना संक्रमितमध्ये ७०३ जना कोरोना जितेर घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार भदौ १७ गतेसम्म जिल्लामा ७९५ जना कोरोना संक्रमित रहेकोमा ७०३ जना डिस्चार्ज भएका छन् ।
हालसम्म जिल्लामा ९० जना सक्रिय कोरोना संक्रमित आइसोलसनमा छन् । जसमध्ये कोरोना विशेष अस्पताल वेलझुण्डीमा २८ जना, नारायणपुर अम्राइ आइसोलेसनमा ३ जना, कोरोना विशेष आइसोलेसन देउखुरीमा ५ जना, होम आइसोलेसनमा ४३ जना र जिल्ला वाहिरका आइसोलेसन सेन्टरमा १० जना रहेका छन् । हालसम्म जिल्लामा दुई जनाको ज्यान गएको छ ।











