दाङ, १८ भदौ । प्यूठान ऐरावती गाउँपालिका वडा नं. ६ सानीठाम निवासी सुमित्रादेवी खत्रीको शव दाङस्थित राप्ती नदी किनासामा फेलापरेको छ ।
खत्रीको शव बुधवार राप्ती गाउँपालिका २ स्थित राप्ती नदीको कटाहाघाटमा स्थानीयले फेला पारेका थिए । विहानको समयमा नदीको पानीमा तैरिरहेको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए । उनको आज मात्रै पहिचान खुलेको भालुवाङले जनाएको छ ।
५४ वर्षीया खत्री मंगलवार कपडा सिलाउने भनेर निस्कीएको सोही दिनदेखि वेपत्ता भएको बताइएको छ । मृतक खत्रीको शवलाई लमही अस्पतालमा पोष्टमार्टम गरी छोरा पदमबहादुर खत्रीले बुझिसकेको प्रहरीले जनाएको छ ।











